Mangala Secondary School
+977- 9847611382
ई-मेल: : mangalamav56@gmail.com / naturekandel32@gmail.comलायन्स क्लब म्याग्दी दरवाङले श्री पञ्चमीको अवसर पारेर गरिब तथा विपन्न एवम् जेहेन्दार विद्यार्थीलाई पोशाक तथा स्टेशनरी वितरण गरेको छ । मंगला माविको एक कार्यक्रममा वितरण गरिएको उक्त सामग्री मंगला मावि बाबियाचौर, जनप्रिय आधारभूत, विद्यालय खर्क बरङ्जा, महेन्द्ररत्न आधारभूत विद्यालय थर्पु बरङ्जा, बालोदय आधारभूत विद्यालय भर्जुला, किसानी आधारभूत विद्यालय सिर्कुम गरी ५ वटा विद्यालयका २५ जना विद्यार्थीलाई वितरण गरिएको थियो । लायन्स क्लब अफ दरबाङ अध्यक्ष गोपाल रेग्मीले लायन्स क्लबको बारेमा प्रष्ट पार्दै म सेवा गर्छु भन्ने भावको विकास गर्न र गरिव तथा विपन्न वर्गको हितलाई ध्यानमा राखी पोशाक तथा स्टेशनरी वितरण गरिएको स्पष्ट पार्नु भयो ।
कार्यक्रम मंगला माविका प्रधानाध्यापक श्री गमबहादुर खत्रीको अध्यक्षता , शिक्षक हुमनाथ पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो शिक्षक श्री सुनिल सापकोटाको स्वागत मन्तव्य दिनु भएको थियो । उक्त अवसरमा लायन्स क्लबका कृष्ण छन्त्याल, तिलक ढकाल, मिराज गौतम लगायत मंगला माविका शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । सोही अवसरमा मिराज गौतमले "मंगला माविको समग्र विकासमा हाम्रो सकारात्मक सहयोग" अभियानलाई साथ दिँदै रू ५०००। सहयोग गर्नु भएको छ । उहाँ लगायत पोशाक तथा स्टेशनरी सामग्री वितरण गर्ने लायन्स क्लबका सम्पूर्ण टोलीलाई हार्दिक बधाई व्यक्त गर्दछौं ।