You are here: Home » मिडिया / समाचार » भू॒‌.पू. प्र.अ. द्वारा सरस्वती मन्दिरको शिल्यान्यास

भू॒‌.पू. प्र.अ. द्वारा सरस्वती मन्दिरको शिल्यान्यास

भू॒‌.पू. प्र.अ. द्वारा सरस्वती मन्दिरको शिल्यान्यास
"मंगला माविको समग्र विकासमा हाम्रो सकारात्मक सहयोग अभियान" कार्यक्रमका लागि यस विद्यालयलाई आज अत्यन्तै खुसीको खबर प्राप्त भएको छ । यस अभियान कार्यक्रम अन्तर्गत एस.एल.सी. व्याच २०६२ का विद्यार्थीहरूद्वारा यस विद्यालयमा रू. ८,००,०००। (अक्षेरुपी आठ लाख) बराबरको लागतमा सरस्वतीको मन्दिर निर्माण गरिने भएकाले श्रीपञ्‍चमीको पावन अवसरमा मंगला माविका पूर्व प्र.अ. समाजसेवी तथा बौद्धिक व्यक्तित्व श्री दीर्घबहादुर खड्का ज्यूद्वारा वि.व्य.स., प्र.अ., शिक्षक स्टाफहरू, विद्यार्थी लगायत सम्पूर्ण सरोकारवालाहरूको उपस्थितिमा सरस्वती मन्दिरको शिलान्यास गरिएको छ ।  उक्त अवसरमा मूलत: २०६२ साल एसएलसी व्याचका विद्यार्थीहरूको प्रतिनिधिमूलक उपस्थिति रहेको थियो । सकारात्मक सोचको विकास गर्ने उद्देश्यले गरिएको सरस्वती मन्दिर निर्माण कार्यलाई सम्पूर्ण सरोकारवालाहरूद्वारा चौतर्फी रूपमा प्रशंसा गरिएको छ । उक्त पावन अवसरमा सो व्याचका विद्यार्थीहरूले विद्यालयको समग्र विकासमा हाम्रो सहयोग अभियान अन्तर्गत पहिलो प्राथमिकतामा रहेको जग्गा खरिद लगायत अन्य कार्यक्रमहरूमा समेत आर्थिक, भौतिक, शैक्षिक तथा नैतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । सहयोगी पूर्व विद्यार्थीहरूमा विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दै पूर्व वि.व्य.स./ शि.अ.स.का अध्यक्ष तथा पदाधिकारीहरू, प्र.अ. शिक्षक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी, ब्यापारी, राजनीतिज्ञ तथा स्थानीय सरोकारवालाहरू लगायत सम्पूर्णमा सहयोगको लागि हार्दिक आह्वान गर्दछ ।