बिद्यालयको प्रोफाईल

बिद्यालयको प्रोफाईलप्रदिप मेमोरियल फाण्डेशन प्रदिप अधिकारीको सम्झनामा समाज सेवा गर्ने उद्धेश्यले स्थापना गरिएको गैह््र नाफामूलक संस्था हो । यो संस्था कम्पनि रजिष्ट्रारको कार्यालय काठमाण्डौमा २०७५ मा दर्ता गरिएको छ । कक्षा ५ मा अध्ययनरत १० वर्षिय प्रदिप अधिकारी पढाई सकिसकेपछि घर नजिकै बाटो क्रस गर्दैगर्दा विपरित दिशाबाट आएको गाडीको ठक्करबाट मृत्यु भयो । सानै उमेर देखिनै खेलकुद, मनोरञ्जनमा विशेष रुची राख्ने प्रदिप उर्जाशिल बालक थिए । सन्तान गुमाउनुको पिडा हरेक अभिभावकको लागि दुखद क्षण हुन्छ । जो बाचुन्जेल कहिलै विर्सन नसकिने घाउ बनेर बल्जिरहन्छ । यो संस्थाका सञ्चालकहरुले संस्थाको माध्यमबाट थपकुनै कमाउनु छैन् । यो सुद्ध सामाजिक सेवा हो जस्ले आत्म सन्तुष्टि गरोस । पिडित परिवारको लागि यो संस्था समाज सेवा गर्ने माध्यम पनि हो । वर्षेनी सयौ बालबालिकाहरुले अकालमा ज्यान गुमाईरहेका छन् । त्यसैगरी सयौ बालबालिकाहरुको बास सडकमा हुन्छ । नेपालका सवारी साधनहरु सुरक्षित छैन्न । यहाँ सवारी साधनको उचित मापदण्ड प्रयोग गरिदैन् । यो संस्थाको मुख्य ध्यय कुनै बालबालिकाले अकालमा ज्यान नगुमाउन र अभिभावकले सन्तानको पिडा भोग्नु नपरोस भन्नेनै हो । बालबालिका भविश्यका कर्णदार हुन । उनीहरुको काधमा राष्ट्र निर्माण गर्ने जिम्मेवारी छ । बालबालिकाको संरक्षण र सम्बद्र्धन गर्नु राज्य र अभिभावक दुवैको जिम्मेवारी हो । उच्चजोखिममा रहेका विपन्न समुदायका बालबालिकाको संरक्षण र सम्बद्र्धन् का लागि संस्थाले ६ लाखको अक्षकोषको स्थापना गरेको छ । जसको ब्याज आम्दानीबाट हरेक वर्ष त्यस्ता प्रतिभावान उच्चजोखिममा रहेका बालबालिकाले शैक्षिक छात्रवृत्ति प्राप्त गर्नेछन् । यो कोष हरेक वर्ष बढाउदै लगिने छ ।