वि.व्य.स. अध्यक्षको मन्तव्य

वि.व्य.स. अध्यक्षको मन्तव्यभावी सन्ततिहरुलाई उज्यालो, भविष्य, निर्माण गर्ने पवित्र उद्देश्यका साथ स्थापना गरिएको यस मंगला माध्यमिक विद्यालय जिल्लाकै पुरानो मध्येको एक र हाल मंगला गाउँपालिकाको केन्द्रमा रहेको एक प्रमुख विद्यालय हो । यसको स्थापना प्रा.वि. विद्यालयको रुपमा वि.स. २००९ सालमा, निम्न माध्यमिक विद्यालयको रुपमा वि.स. २०२२ सालमा, माध्यमिक विद्यालयको रुपमा वि.स. २०३६ सालमा र साविक उच्च माध्यमिक विद्यालय वि.स. २०५६ सालमा स्थापना भई यस क्षेत्रबाट थुप्रै शैक्षिक अग्रजहरु एवम् समाजसेवी, शिक्षक, राजनीतिज्ञ, राष्ट्रसेवकहरु उत्पादन गरिरहेको छ । जिल्लाकै इतिहास बोकेको र गाउँपालिकाको केन्द्रमा रहेको यस विद्यालयले आफ्ना अवयवहरुमा थुप्रै सुधार गरेतापनि शैक्षिक गुणस्तरमा अपेक्षित सुधार गर्ने जमर्कोमा रहेको छ । विद्यार्थीहरुको समय सापेक्ष चाप रहेको यस विद्यालयमा सापेक्ष उच्चमा.वि. तर्फ लेखा र शिक्षाशास्त्र सङ्कायमा पढाइ हुने गरेको छ । शै.स. २०७६ देखि यस विद्यालयले प्राविधिक तथा व्यवसाययिक विषयअन्तर्गत कृषि विज्ञान विषयमा कक्षा सञ्चालन गर्ने विद्यालयको रुपमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रबाट छनौट भई मंगला गा.पा. बाट कक्षा ९ सञ्चालनको अनुमति प्राप्त गरेको छ भने यस विद्यालयलाई Big School को अवधारणा अन्तर्गत नमुना विद्यालयको रुपमा विकास गर्ने विद्यालयको रुपमा समेत छनौट गरिएको छ । हाम्रा सामु अवसर र चुनौति दुवै रहेको छ । विद्यालयको आर्थिक, भौतिक, शैक्षिक लगायत सम्पूर्ण पक्षमा एकिकृत र सन्तुलित विकास गर्दै उच्च शैक्षिक उपलब्धि प्राप्त गर्न एवम् प्राविधिक एक अब्बल विद्यालयको रुपमा विकास गर्नु अहिलेको अपरिहार्य आवश्यकता बनेको छ । उल्लेखित कुराहरुलाई हृदयङ्गम गरी विद्यालय व्यवस्थापन समिति यसै विद्यालयलाई अभिभावक र आम सरोकारवालाहरुको आशा र भरोसाको शैक्षिक गन्त्व्यको रुपमा विकास गर्न दत्तचित्त रहेको छ । यसै सन्दर्भमा यस विद्यालयले “थोपा थोपा योग, मंगला मा.वि.को समग्र विकासमा हाम्रो सकारात्मक सहयोग” अभियान अन्तर्गत विद्यालयको समग्र अवयवहरुलाई सन्तुलित र समानुपातिक रुपमा विकास गर्ने प्रतिबद्धताको साथै अघि बढेकोले यस अभियानमा सरिक भई आर्थिक, नैतिक, भौतिक सहयोग गरिदिनु हुन आम अभिभावकज्यूहरु, पूर्व विद्यार्थीहरु, शिक्षकहरु स्टाफहरु स्थानीय सरकार एवम् आमसरोकारवालाहरु समक्ष विद्यालय व्यवस्थापन समिति मंगला मा.वि. हार्दिक स्वागत गर्दछ ।   
नारायण बहादुर अधिकारी
वि.व्य.स. अध्यक्ष